Police Office
जिल्ला स्याङ्जा गल्याङ न.पा. १ राम्दी स्थितमा खटिएको चेकिङ टोलीले ग२ख १९५२ नं.को बसको सिट नं.१५/१६ मा सवार पोखरा १८ बस्ने बर्ष ३५ को पुण्य प्रसाद आचार्य र ऐ. ५ बस्ने बर्ष २९ को सुरज प्याकुरेलको साथमा रहेको झोला भित्र लुकाई छिपाई ल्याएको बुप्रीनुर्फीन-३१ एम्पुल, डाईजेपाम-२९ एम्पुल, फेनेरागन-३० एम्पुल, जम्मा ९० एम्पुल लागगु औषध र मोबाईल-१ थान र कि प्याड मोबाईल-१ थान सहित नियन्त्रणमा लिई अनुसन्धान कार्य भईरहेको ।
जिल्ला न.प. (पूर्व) गैडाकोट न.पा. ९ थुम्सि खरखरे जंगल स्थित पूर्व पश्चिम राजमार्गमा नारायणगढ बाट अमरापुरी तर्फ जाँदै गरेको ग.प्र.०४-००२ प ३७३२ नं. को बुलेट मोटरसाइकल चालकले नियन्त्रण गुमाइ दुर्घटना हुदा मोटरसाइकल चालक जिल्ला न.प. (पूर्व) गैडाकोट न.पा. १४ अमरापुरी बस्ने बर्ष ३४ को तिलक रानाभाट घाइते भइ उपचारको लागी नया मेडिकल कलेज भरतपुर पठाइएको ।
जिल्ला लमजुङ सु.न.पा.९ फुलबारी स्थित बेशिसहर-डुम्रे सडक खण्डमा सिउडीबारबाट पाउदी तर्फ जादै गरेको बा.प्र.०३००१ ख ४२३९ को EV माईक्रोले पैदल यात्री बस्ने वर्ष ८५ की सुनमाया घलेलाई ठक्कर दिदाँ घाइते भई उपचारको लागि भोटेओडार अस्पताल प्रा.लि.सिउडीबार लमजुङमा पठाइएको, चालक सुन्दरबजार.न.पा.१० कोइरालाफाँट बस्ने वर्ष २९ को उत्तम गौतम प्रहरीको सम्पर्कमा रहेको ।
जिल्ला लमजुङ मर्स्याङदी गा.पा.३ अर्खलेबेसी स्थित बेसिशहर-मनाङ सडक खण्डमा बेसिशहरबाट मनाङ तर्फ जाँदै गरेको ग २६ प ४७३० नं.को मोटरसाइकल चालकले नियन्त्रण गुमाई सडकबाट १०० मिटर तल खस्न गई दुर्घट्ना हुँदा चालक देश भारत लखनउ घर बताउने बर्ष २३ को देवास त्रिपाठी घाईते भई उपचारको लागी प्रदेश अस्पताल लमजुङमा पठाएको ।
मिति २०८३।०३।१६ गते २३:२५ बजे जि. स्याङजा गल्याङ न.पा. १ राम्दी स्थित सिद्धार्थ राजमार्गमा बुटवल बाट पोखरा जादै गरेको लु२ख ८३८ नं.को बसमा सवार जि. स्याङजा भिरकोट न.पा. ४ छाङछाङदी बस्ने बर्ष ३९ को राम काजी घर्ताङले पछाडी भिर्ने रातो झोलामा लुकाई छिपाई राखेको गांजा (अं २०० ग्राम) जस्तो देखिने बस्तु फेला पारी मानिस सहित नियन्त्रणमा लिई थप अनुसन्धान भईहरेको ।
जिल्ला कास्की पोखरा म.न.पा.वडा नं.९ पृथ्वीचोक स्थित लागुऔषध ओसार पोसार गरेको छ भन्ने सूचना प्राप्त हुनसाथ खटिएको प्रहरी टोलीले जिल्ला रुपन्देही मायादेवी न.पा.१२ वतन भएकी बर्ष २१की जिनी रावल लाई हिडिरहेको अवस्थामा फेला पारी निजलाई चेकजाँच गर्दा निजले बोकेको साईड ब्यागमा लुकाई छिपाई राखेको नुर्फिन २०० एम्पुल, फेनारागन २०० एम्पुल, डाईजापाम २०० एम्पुल गरी जम्मा ६०० एम्पुल लागुऔषध बरामद गरी निजलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको ।
जिल्ला नवलपरासी पूर्व गैडाकोट न.पा. ५ काँग्रेश चोक स्थित पूर्व पश्चिम राजमार्गमा डण्डाबाट नारायणगढ तर्फ आउँदै गरेको ना ७ ख १५६२ नं. को सिटी बसले पैदल यात्री ऐ.६ खानेपानिट्याङ्की बस्ने बर्ष ६५ की सिता सापकोटा लाई ठक्कर दिँदा घाईते भई उपचारको लागि नयाँ मेडिकल कलेज भरतपुर चितवन पठाएको, बस र बस चालक जिल्ला न.प.(पूर्ब) कावासोती न.पा. १० बस्ने बर्ष ३५ को शंकर बहादुर लामा नियन्त्रणमा रहेको ।
जिल्ला कास्की पोखरा १ सिम्पान चोक स्थित हेम्जाबाट पोखरा तर्फ आउदै गरेको ध१प ४४६९ नं. को मोटरसाइकल चालकले नियन्त्रण गुमाई बायाँ साइडमा रहेको बालुवाको थुप्रोमा ठोकिन जादा जिल्ला पर्वत घर भई हाल पोखरा म.न.पा. २ नदिपुर बस्ने वर्ष ४०को थिम पुन घाइते भई उपचारको लागी पश्चिम क्षेत्रिय अस्पताल पठाईएको ।