बिना बिल भरपाईको मल बरामद
२०७९-०२-१८
- A
- A-
- A+
नवलपरासी (पूर्व), विनयी त्रिवेणी गाउँपालिका २ दाउन्ने स्थित पूर्व पश्चिम राजमार्गमा खटिएको प्रहरी चेकिङ टोलीले पश्चिमबाट पूर्व तर्फ आउँदै गरेको ना४च ७६६१ नं.को बलेरो पिकअप जिप चेकजाँच गर्दा ३० बोरा युरिया मल र ५ बोरा पोटास (प्रति बोरा युरिया ५० के.जि. र पोटास २५ के.जि.को) बिना बिल भरपाई राजश्व छलि ल्याएको अवस्थामा फेला पारी उक्त युरिया मल र पोटास नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य भईरहेको ।