प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

सेवा प्रभावकारीताको लागि साधन श्रोत आवश्यक, महानिरीक्षक शैलेश थापा क्षेत्री

२०७८-१०-१४

  • A
  • A-
  • A+
Share

पोखरा, १४ माघ

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले जनताको सुरक्षा एवम् संविधानको रक्षार्थ प्रहरी संगठनलाई पूर्वाधार सम्पन्न गराउनु पर्नेमा जोड दिनुभएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्की परिसरमा दुईवटा प्रहरी व्यारेक, प्रहरी मेश र हिरासत कक्ष गरी छुट्टाछुट्टै चारवटा सुविधायुक्त पक्की भवनको आज उद्‍घाटन गर्दै उहाँले पूर्वाधारले सेवा प्रवाहमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो ।

साधन श्रोतको अभावमा अपेक्षित सेवा दिन नसकिने उल्लेख गर्दै उहाँले समय सापेक्ष नविनतम प्रविधिसंगै पूर्वाधार निर्माण गरी प्रहरी संगठनलाई वलियो बनाउनु पर्नेमा जोड दिनुभयो ।

प्रहरी संगठनको लोकप्रियताकै कारण देशमा हाल ६२७ प्रहरी युनिटहरु थप गर्न माग गरिएको जानकारी दिंदै उहाँले त्यसका लागि २३ हजार जनशक्ति आवश्यक हुने बताउनुभयो ।

आफ्नो इमान्दारीता र जिम्मेवारीका लागि सवैले आत्मसात गर्नुपर्ने आवश्यकता औल्याउँदै प्रहरी महानिरीक्षक थापाले कुनै पनि प्रहरी कर्मचारी आफ्नो काममा नचुकेमा संगठन झुक्न नपर्ने विश्वास व्यक्त गर्नुभयो ।

आम सर्वसाधारणले प्रहरी संगठनप्रति आशा एवम् विश्वास गरेको प्रसंग उल्लेख गर्दै उहाँले मुलुकको शान्ति सुरक्षाको जिम्मा लिएको संगठनलाई सामाजिक सञ्जालमा देखिएका टिकाटिप्पणीका आधारमा मूल्यांकन गर्न नहुनेमा जोड दिनुभयो ।

पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले शान्ति सुरक्षालाई प्रभावकारी बनाउन प्रहरी संगठनलाई पनि पुर्वाधार एवम् प्रविधि सम्पन्न बनाउनु पर्नेमा जोड दिंदै महानगरपालिकाले पुर्वाधार सम्पन्न बनाउन आफ्नो तर्फबाट निरन्तर साथ र सहयोग गरिरहेको बताउनुभयो ।

कास्कीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले जनताको जिउ धनको सुरक्षार्थ खटिने प्रहरी पुर्वाधार अभावका कारण आफै असुरक्षित हुने अवस्था हुन नहुनेमा जोड दिंदै त्यसका लागि राज्यले आवश्यकता अनुसारको पुर्वाधारहरु तयार गरिदिनुपर्ने बताउनुभयो ।

उक्त कार्यक्रममा गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक दिवेश लोहनीले प्रहरीले सांगठानिक जिम्मेवारी पुरा गर्दै संघ र प्रदेश सरकारको आर्थिक सहयोगमा आवश्यकता अनुसार भौतिक पुर्वाधार निर्माण कार्यलाई निरन्तरता दिंदै आएको जानकारी दिनुभयो ।

कास्की प्रहरी प्रमुख प्रहरी उपरीक्षक रमेश थापाले चुस्त र दुरुस्त सेवा प्रवाह गर्न भौतिक संरचनाले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्दै पोखरामा अत्याधिक रहेको लागूऔषध ओसारपोसार सम्बन्धी गतिविधि नियन्त्रणलाई प्रहरीले प्राथमिकतामा राखेर अघि बढेको बताउनुभयो ।

नेपाल सरकारको ७ करोड ६ लाख ११ हजार ८ सय ४२ रुपैयाको लागतमा निर्माण भएका उक्त भवनहरुमा महिला तथा पुरुष व्यारेक, सिनियर र जुनियर कर्मचारी व्यारेक, दुई वटा महिला सहित पाँच वटा हिरासत कक्ष, ८० जना क्षमताको मेशको निर्माण गरीएको प्राविधिक प्रहरी नायव उपरीक्षक केविनजंग थापाले जानकारी दिनुभयो ।

कार्यक्रममा भवन निर्माणमा सहयोग गर्ने विभिन्न संघसंस्था, निर्माण व्यवसायिक तथा जिल्लामा उत्कृष्ट कार्य गर्ने प्रहरी अधिकृत तथा जवानहरुलाई कदर पत्रले सम्मान समेत गरिएको थियो ।

 

सम्बन्धित समाचार
झुन्डी मृत्यू: तनहुँ
२०८०-१२-१३

 जिल्ला तनहुँ भानु न.पा.१० कालिमाटी बस्ने आस बहादुर गुरुङको ढुङ्गामाटोले बनेको, टिनले छाएको कच्ची घरमा डेरा गरि बस्ने, जिल्ला धादिङ रोराङ गा.पा.३ जोगिमारा घर भएको बर्ष २७ को दिल कुमार चेपाङको श्रीमती बर्ष २६ की अजिता चेपाङसँग खाना खाई २०:३० बजे संगै सुतेकोमा अन्दाजी २३:४५ बजे बिउँझिदा निज दिल कुमार चेपाङ बिस्तारामा नभए पछि खोजी गर्ने क्रममा घरको माथी तलामा फलामको बलोमा नाइलनको डोरीको पासो लगाई झुन्डिएको अबस्थामा निजको श्रीमतीले देखि अ.प्र.बिट,कालीमाटीमा जानकारी गराउनासाथ प्रहरी टोली खटि गटी गई घटना स्थल सुरक्षित राखेको र थप अनुसन्धान भईरहेको ।