प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

गण्डकी प्रदेश प्रहरी कार्यालयको स्थलगत अवलोकन तथा निरीक्षण सम्पन्न

२०७८-०९-१९

  • A
  • A-
  • A+
Share

पौष १९, पोखरा

गण्डकी प्रदेश सरकारका माननीय आन्तरिक मामिला मन्त्री डोबाटे विश्वकर्माज्युबाट सोमबार गण्डकी प्रदेश प्रहरी कार्यालयको निरीक्षण भ्रमण सम्पन्न भएको छ ।

निरीक्षण भ्रमणका क्रममा आन्तरिक मामिला मन्त्री विश्वकर्माले गण्डकी प्रदेश प्रहरी कार्यालय अन्तर्गत रहेका विभिन्न शाखा, मातहतका सम्पूर्ण प्रहरी कार्यालयहरुको भौतिक संरचना, जनशक्ति व्यवस्थापन तथा प्रहरी गतिविधिबारे जानकारी समेत लिनुभयो ।

सो क्रममा उहाँले प्रदेश प्रहरी र प्रदेश सरकार एउटै सिक्काका दुईवटा पाटा भएको चर्चा गर्दै प्रदेश सरकार र प्रहरीको सम्बन्धलाई अझ बढी सुदृढ, सबल र प्रगाढ बनाई जनताको संविधानको रक्षा र पालना तथा नागरिकको जिवन रक्षाको लागि सबै निकाय गम्भीर हुनुपर्ने बताउनुभयो । आत्महत्या, महिला तथा बालबालिका विरुद्ध हुने हिंसा प्रति राज्य अत्यन्तै संवेदनशील रहेको बताउँदै त्यस्ता हिंसा न्यूनिकरणको लागि गम्भीरतापूर्वक लिन समेत उहाँले उपस्थित प्रहरी अधिकृतहरुलाई निर्देशन दिनुभयो ।

प्रहरी राज्य र समाजको अभिन्न अंग रहेको चर्चा गर्दै आन्तरिक मामिला मन्त्री विश्वकर्माले प्रहरीको साथ साथै नागरिकको भूमिकलाई समेत सहजता एवम् सफलताका साथ निर्वाह गर्न प्रहरी कर्मचारीहरुले सक्षमता प्राप्त गर्नेमा विश्वास व्यक्त गर्नुभयो ।

सो अवसरमा धन्यवाद ज्ञापन गर्दै गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक दिवेश लोहनीले आन्तरिक मामिला मन्त्रीज्यूबाट भएको अत्यन्त सारगर्भित, समयसापेक्ष र व्यावसायिक निर्देशन कार्यान्वयनका लागि प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले प्रदेश प्रहरीले प्राप्त गरेको आन्तरिक मामिला मन्त्रालयको वर्तमान नेतृत्वबाट आगामी दिनमा गण्डकी प्रदेश प्रहरी थप व्यावसायिक र उर्जावान हुने विश्वास व्यक्त गर्नुभयो ।


सम्बन्धित समाचार