राष्ट्र सेवक कर्मचारी वृक्षरोपण अभियान

भदौ २०, पोखरा “राष्ट्र सेवक कर्मचारी वृक्षरोपण” अभियान अन्तर्गत गण्डकी प्रदेश प्रहरी कार्यालय तथा गण्डकी प्रदेश प्रहरी अस्पताल पोखराको परिसर भित्र विभिन्न प्रजातिका विरुवाहरु रोपिएको छ ।वृक्ष प्रकृतिको अनुपम उपहार हो । वृक्षरोपणले जैविक विविधता संरक्षण, पर्यावरण सन्तुलन, प्राकृतिक प्रकोप न्यूनिकरण, जल चक्रको नियमन साथै आर्थिक समृद्धि हासिल गर्न समेत उल्लेख्नीय भूमिका निर्वाह गर्दछ ।उक्त वृक्षरोपण कार्यक्रममा गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी वरिष्ठ उपरीक्षक नर बहादुर के.सी. लगायत अन्य प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो । वर, पिपल, स्वामी, आप, अम्बा, ईपिलिपि, आल्चा लगायत बिभिन्न प्रजातीका २०० बढी बिरुवाहरु रोपिएको हो ।साथै प्रदेश मातहतका अन्य प्रहरी कार्यालयहरुले पनि आ-आफ्नो क्षेत्रमा वृक्षारोपण गरिरहेका छन् ।

Hospital1 2

Hospital1 3

 

Hospital1 1