भिडियो कन्फरेन्स मार्फत निर्देशन सम्बोधन सम्पन्न, असार १५

गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक दिवेश लोहनीले प्रदेश मातहतका सम्पूर्ण जिल्ला प्रहरी कार्यालय एवं अन्य प्रहरी कार्यालयका प्रमुखहरुसंग भिडियो कन्फरेन्स मार्फत अन्तरक्रिया एवं निर्देशन गर्नुभएको छ ।

प्रहरी नायव महानिरीक्षक लोहनीले प्रदेश मातहतका जिल्लाहरुको वर्तमान शान्ति सुरक्षाको अवस्था, प्रहरी परिचालन र आगामी दिनमा आईपर्न सक्ने सुरक्षा चुनौती एवं समाधानका विषयमा छलफल तथा अन्तरक्रिया गरी गण्डकी प्रदेश अन्तर्गतको शान्ति सुरक्षाको अवस्थालाई थप चुष्तदुरुष्त बनाउन कन्फिरेन्स मार्फत निर्देशन गर्नुभएको हो ।

भिडियो कन्फरेन्समा सहभागी प्रहरी अधिकृतहरुलाई निर्देशन सम्बोधन गर्नुहुँदै प्रहरी नायव महानिरीक्षक लोहनीले समयानुसार आईपर्ने जस्तोसुकै विषम परिस्थितिहरुको सामाना गर्न प्रहरी सदैव तयारी अवस्थामा रहनुपर्ने बताउँदै मनसुन सुरु भएसंगै हुनसक्ने विपदजन्य घटनाबाट हुने क्षति न्यूनिकरणका लागि अन्य सरोकारवाला निकायहरुसंग समन्वय गर्दै आवश्यक श्रोत साधन र प्रहरी जनशक्ति पर्याप्त मात्रामा परिचालन गर्न समेत निर्देशन गर्नुभएको छ ।

अपराधको रोकथाम तथा नियन्त्रणका लागि प्रहरी उच्च संवेदनशिल भई कार्य सम्पादन गर्नुपर्ने बताउँदै व्यक्तिगत स्वार्थपूर्तिका लागि सांगठनिक मुल्य मान्यता विपरितका कार्यमा लागि अनुचित फाईदा उठाउन खोज्ने साथै संगठनको गरिमामा आँच आउने कार्य गर्ने कुनै पनि प्रहरी कर्मचारी विरुद्ध सुन्य सहनशिलताको नीति अवलम्बन गर्ने बताउनुभयो । 

IMG 1298