गण्डकी प्रदेश प्रहरी प्रमुखको पदभार ग्रहण

पोखरा, असार-१४ गते
नेपाल सरकार गृह-मन्त्रालय (माननीय मन्त्रीस्तर)को मिति २०७८।०३।०७ गतेको निर्णायानुसार गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरामा सरुवा भई आउनु भएका प्रहरी नायव महानिरीक्षक दिवेश लोहनीले आज गण्डकी प्रदेश प्रहरी प्रमुखको पदभार ग्रहण गर्नुभएको छ ।
सोही अवसरमा गण्डकी प्रदेश प्रहरी तालिम केन्द्र पोखराका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक भरत बहादुर बोहोराले गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक लोहनीलाई स्वागत गर्नुभई प्रदेश अन्तर्गतको शान्ति सु-व्यवस्थाका विषयमा संक्षिप्त जानकारी समेत गराउनुभएको थियो ।
1a
2b
3c
4d