दंगा नियन्त्रण प्रहरी गण तनहुँको अनुगमन सम्पन्न

प्रहरी कार्यालयहरुबाट सम्पादन हुने विभिन्न प्रहरी गतिविधिहरुको अनुगमन गरी प्रहरी सेवालाई थप परिस्कृत एवं चुस्तदुरुष्त बनाउन यही माघ २८ गते दंगा नियन्त्रण प्रहरी गण तनहुँको अनुगमन गरिएको छ ।

गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक बिक्रम बहादुर चन्द, प्रहरी नायव उपरीक्षक राज कुमार थिङ लगायत विभिन्न शाखाको प्रतिनिधित्व गर्ने प्रहरी अधिकृतहरुको समूहले उक्त गणको अनुगमन गरेको हो ।

अनुगमनका क्रममा उक्त गणमा रहेका विभिन्न शाखाहरुबाट सम्पादन गरिने काम कारवाही, ब्यारेक तथा मेशको अवस्था, जनशक्ति परिचालन एवं व्यवस्थापन, भौतिक स्रोतसाधन लगायत प्रहरी काम कारवाहीका विषयमा विस्तृत अवलोनक एवं निरीक्षण गरिएको छ ।

प्रहरी वरिष्ठ उपरीक्षक बिक्रम बहादुर चन्द समक्ष दंगा नियन्त्रण प्रहरी गणका गणपति प्रहरी उपरीक्षक दयानिधि ज्ञवालीले उक्त गणको नियमित काम कारवाही, प्रहरी परिचालन, स्रोतसाधन व्यवस्थापन, भौतिक संरचनाहरुको निर्माणमा भईरहेको प्रगति विवरण साथै विद्यमान समस्याका विषयमा जाहेर गर्नुभएको थियो ।

प्रहरी कर्मचारीहरुलाई निर्देशन सम्बोधन गर्नुहुँदै प्रहरी वरिष्ठ उपरीक्षक चन्दले प्रत्येक प्रहरी कर्मचारीहरुले प्रहरी सेवा प्रवाह गर्दा जनतासंग सभ्य र शिष्ट व्यवहार गर्नुपर्ने बताउँदै कार्यालयको प्रकृति अनुरुप आवश्यकता पर्दा जुनसुकै समयमा पनि खटिन पर्नसक्ने भएकाले प्रत्येक प्रहरी कर्मचारी शारीरिक तथा मानसिक रुपमा तयारी अवस्थामा रहनुपर्ने बताउनुभयो ।

danga 2

danga 3

danga 5

danga 6

danga 1

danga 4

danga 7