विदाई कार्यक्रम सम्पन्न

सेवा अवधिको आधारमा आज मिति २०७७।०९।२९ गतेबाट अनिवार्य अवकाश प्राप्त भई जान लाग्नु भएका हाल गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरामा कार्यरत प्रहरी नायव उपरीक्षक अरुण कुमार भण्डारीलाई आज एक कार्यक्रमका बीच बिदाई गरिएको छ ।

गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक घनश्याम अर्यालले अवकाश प्राप्त गर्नुभई जान लाग्नुभएका प्रहरी नायव उपरीक्षक भण्डारीलाई मायाको चिनो प्रदान गर्दै सुखद एवं समृद्ध सेवानिवृत जिवनको शुभकामना व्यक्त गर्नुभयो ।

मिति २०४७।१०।०१ गते प्रहरी सहायक निरीक्षक पदमा नयाँ नियुक्ती भई अनवरत रुपमा नेपालका विभिन्न प्रहरी कार्यालय लगायत संयुक्त राष्ट्रसंघ समेतमा गई सेवा प्रदान गर्नुभएका उहाँले उक्त विदाई कार्यक्रममा आफ्ना अनुभवहरू साझा गर्दै नेपाल प्रहरी जस्तो गौरवमय संगठनमा रहि सेवा प्रवाह गर्नु आफ्नो सौभाग्य भएको बताउँदै सेवा निवृत पश्चात समेत संगठनको हितकारी गतिविधिमा आफ्नो भूमिका निर्वाह गर्ने बताउनुभयो ।

प्रहरी नायव उपरीक्षक राजेन्द्रबाबु रेग्मीले सहजिकरण गर्नुभएको उक्त कार्यक्रममा गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक बिक्रम बहादुर चन्द लगायत अन्य सिनियर तथा जुनियर प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो ।

1

5

2

3

4