जिल्ला प्रहरी कार्यालय मनाङको निरीक्षण सम्पन्न (२०७७।०७।२७)

गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रमुख प्रहरी नायव महानिरीक्षक घनश्याम अर्यालले हिमाल पारीको जिल्ला, जिल्ला प्रहरी कार्यालय मनाङ तथा मातहतका प्रहरी कार्यालयहरुको निरीक्षण गर्नुभई कार्यरत प्रहरी कर्मचारीहरुलाई जनमुखि प्रहरी सेवा प्रवाहका विषयमा निर्देशन सम्बोधन समेत गर्नुभएको छ ।

प्रहरी कार्यालयबाट सम्पादन हुने विभिन्न गतिविधि एवं अन्य श्रोत साधनहरुको निरीक्षण साथै अवलोकन गरी प्रहरी सेवा प्रवाहलाई थप चुष्तदुरुष्त बनाउने उद्देश्यले उक्त निरीक्षण कार्यक्रम सम्पन्न भएको हो ।

निरीक्षण पश्चात प्रहरी कर्मचारीहरुलाई निर्देशन सम्बोधन गर्नुहुँदै प्रहरी नायव महानिरीक्षक अर्यालले भौगोलिक विकटता र हिमाली भु-भागका कारण प्रहरी सेवा प्रवाहमा कठिनाई रहेता पनि नेपाल प्रहरी आम नागरिकको सेवाका लागि सदैव कटिवद्ध हुनुपर्ने बताउँदै जनतालाई नै केन्द्रविन्दूमा राखी कार्यसम्पादन गर्न गराउन मनाङ स्थित कार्यरत प्रहरी कर्मचारीहरुलाई निर्देशन दिनुभएको छ ।

साथै प्रहरी कर्मचारीहरुले आफूलाई तोकिएको र दिईएको जिम्मेवारीलाई गम्भिरताकासाथ नागरिक संवेदनशिलतालाई मनन् गरी उच्च सतर्कताका साथ कार्यसम्पादन गर्नुपर्ने बताउँदै नागरिकसंग सभ्य, मर्यादित एवं शिष्ट व्यवहारसंगै प्रहरी काम कारवाहीमा भने कडा रुपमा प्रस्तुत हुन निर्देशन गर्नुभएको छ ।

सोही अवसरमा प्रहरी नायव महानिरीक्षक अर्यालले प्रहरी चौकी ताल मनाङको समेत निरीक्षण तथा अवलोकन गर्नुभई कार्यरत प्रहरी कर्मचारीहरुलाई व्यवसायिक प्रहरी सेवा प्रवाहका विषयमा निर्देशन सम्बोधन गर्नुभएको छ ।

2

1