लमजुङ : अवैध जडिवुटी सहित पाँच जना पक्राउ

 

कार्तिक १५, मनाङबाट ग १ ज ७४५३ नम्वरको पिकअप बोलेरो जिपमा अवैध रुपमा जडिबुटी ओसारपसार हुँदैछ भन्ने सूचनाको आधारमा खटिएको प्रहरी टोलिले खोजलतास गर्दै जाँदा जिल्ला लमजुङ बेसीशहर नगरपालिका-८ नारायणस्थान स्थित मनाङ तर्फबाट आउँदै गरेको चालक जिल्ला लमजुङ दोर्दी गाउँपालिका-८ बस्ने वर्ष ३१ को कर्ण गुरुङले चलाएको उक्त जिपलाई फेला पारी खानतलासी गर्ने क्रममा सोही जिपमा लुकाई छिपाई राखेको अवस्थामा अवैध जडिबुटी जटामसी-१६ किलोग्राम, बुकीफुल-१२४ किलोग्राम, धुपिपात-५३ किलोग्राम, सुनपाती - ९ किलोग्राम, भोजपत्र - १३ किलोग्राम गरी जम्मा २१५ किलोग्राम फेला पारी उक्त जडिबुटी तथा जिप सहित चालक कर्ण गुरुङ, जिपमा सवार भई जडिबुटी ओसारपसार गर्ने कार्यमा संलग्न जिल्ला मनाङ नार्फु गाउँपालिका वडा नं. २ बस्ने वर्ष ४५ को लाम्पा छिरिङ लामा र जिल्ला मनाङ नेस्याङ गाउँपालिका वडा नं. ३ बस्ने वर्ष २९ की पल्मु लामालाई पक्राउ आवश्यक अनुसन्धान भईरहेको ।  

साथै सोहि दिन विशेष सूचनाको आधारमा जिल्ला लमजुङ बेसीशहर नगरपालिका-८ बस्ने वर्ष ४४ कि शान्ता कुमारी तामाङको घर खानतलासी गर्दा लुकाई छीपाई राखेको अवस्थामा प्रतिवन्धित जडिबुटी पाचँऔले ८ किलोग्राम बरामद गरिएको र ऐ.ऐ. बस्ने वर्ष ४६ को मिन बहादुर तामाङको घर खानतलासी गर्दा अवैध जडिबुटी पाचँऔले ३.५ किलोग्राम, निरमसी ५३ किलोग्राम, मजिठो १४ किलोग्राम, पिप्ला-२४१ किलोग्राम, सतुवा ८.५ किलोग्राम, जटामसी २.५ किलोग्राम, ढालिङ १०६ किलोग्राम, कुड्की ५४ किलोग्राम गरी जम्मा ४८२.५ किलोग्राम फेला पारी शान्ता कुमारी तामाङ र मिन बहादुर तामाङ समेतलाई पक्राउ गरी थप अनुसन्धान भईरहेको ।

lamjung 1

jlamjung 2