आन्तरिक मामिला मन्त्री चुमानद्वारा विभिन्न आईसोलेसन तथा क्वारेन्टाईनहरुको स्थलगत अवलोकन

असार ११,

गण्डकी प्रदेश सरकारका माननीय आन्तरिक मामिला तथा कानून मन्त्री हरि बहादुर चुमानले गण्डकी प्रदेशको प्रवेशद्वार तनहुँ जिल्लाको आबुँखैरेनीमा निर्माणाधीन अवस्थामा रहेको अस्थायी प्रहरी पोष्ट मुग्लिन पुलको स्थलगत अवलोकन गर्नुका साथै नवलपरासी पूर्व जिल्लाका विभिन्न स्थानमा रहेका अस्पताल तथा आईसोलेशन वार्डको समेत अवलोकन गर्नुभएको छ ।

गण्डकी प्रदेशमा दिनप्रति दिन कोरोना भाईरसबाट संक्रमितको संख्या बढ्दै गईरहेको अवस्थालाई मध्येनजर गर्दै गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक घनश्याम अर्याल, अन्य सुरक्षा निकायका प्रतिनिधि तथा स्वास्थ्य विषशेज्ञहरु सहित माननीय आन्तरिक मामिला तथा कानून मन्त्री चुमानद्वारा उक्त स्थलगत अवलोकन गरिएको हो ।

स्थलगत अवलोकनका क्रममा उहाँले गण्डकी प्रदेशको एकमात्र तराई तथा भारतीय सिमावर्ती जिल्ला नवलपरासी (वर्दघाट सुस्ता पूर्व) का विभिन्न स्थानमा रहेका क्वारेन्टाईन तथा आईसोलेशन वार्डको अवलोकन गर्नुभयो । सोहि क्रममा उहाँले प्राकृतिक चिकित्सालय रजहर र मध्यबिन्दु जिल्ला अस्पताल डण्डामा निर्मित आईसोलेशन वार्डको स्थलगत अवलोकन गर्नुभई खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा सरोकारवाला निकायहरुसंग छलफल एवं अन्तरक्रिया गर्नुभएको छ ।

छलफल तथा अन्तरक्रिया पश्चात निर्देशन सम्बोधन गर्दै उहाँले गण्डकी प्रदेशमा यस भाईरसको प्रकोपलाई बढ्न नदिन नवलपरासी पूर्वको भारतीय नाकाबाट हुनसक्ने अवैध आवागमनलाई रोक्नुपर्ने साथै राजमार्गमा समेत कडाईका साथ चेकिङ्ग गर्नुपर्ने लगायत आईशोलेसन वार्डमा रहेका संक्रमितको उचित रेखदेख र परामर्शको व्यवस्था मिलाउनु पर्ने बताउनु भयो ।

साथै आम नागरिकको स्वास्थ्य सुरक्षा प्रति गण्डकी प्रदेश सरकार संवेदनशिल रहेको बताउँदै प्रदेश अन्तर्गत आवश्यक सहयोगका लागि प्रदेश सरकार तत्पर रहेको समेत बताउनु भयो ।

1

3

2