दर्ज्यानी चिन्ह शुसोभन सम्पन्न : पोखरा

असार १,

तालुक गृह मन्त्रालय (सचिवस्तर) को मिति २०७७।०२।३२ गते निर्णायानुसार नेपाल प्रहरी जनपद प्रहरी समूहको प्रहरी नायव निरीक्षक पदबाट प्रहरी निरीक्षक पदमा बढुवा हुनुभएका प्रहरी अधिकृतहरुलाई एक कार्यक्रमका बीच गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रमुख प्रहरी नायव महानिरीक्षक घनश्याम अर्यालले दर्ज्यानी चिन्ह शुसोभन गर्नुभएको छ ।

दर्ज्यानी चिन्ह शुसोभन पश्चात कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी नायव महानिरीक्षक अर्यालले पदोन्नती भएसंगै थपिने व्यावसायीक जिम्मेवारीलाई गहनताका साथ लिई पदिय मर्यादालाई समेत आत्मसाथ गरि कार्य सम्पादन गर्न गराउन बढुवा भएका प्रहरी अधिकृतहरुलाई निर्देशन गर्नुभएको छ ।

साथै प्रहरीले लगाउने निलो बर्दी प्रहरी पोशाक मात्रै नभई आम नागरिकको आस्था र भरोसाको केन्द्र समेत भएकाले दिनप्रतिदिन नागरिकको प्रहरी प्रति बढ्दो अपेक्षालाई मध्येनजर गर्दै जनमुखी प्रहरी सेवा प्रवाह गर्न समेत उहाँले निर्देशन दिनुभएको हो ।

साथै अहिले विश्वकै महामारीका रुपमा रहेको Covid-19 भाईरसका विषयमा बोल्दै उहाँले जनताको जिउधनको सुरक्षार्थ खटिएका प्रहरी कर्मचारीहरुमा आउन सक्ने स्वास्थ्य सुरक्षा चुनौती र नैराश्यतालाई मध्येनजर् गर्दै उचित सुरक्षा सतर्कता अपनाई प्रहरी कर्मचारीको मनोबल उच्च हुनेगरी कार्य सम्पादन गर्न गराउन समेत उहाँले निर्देशन दिनुभयो ।

बढुवा हुनुभएका प्रहरी निरीक्षकहरुको तर्फबाट कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी निरीक्षक रोशन थापाले दर्ज्यानी चिन्हसंगै थपिएको जिम्मेवारीलाई उच्च व्यवसायीक निष्ठाका साथ निर्वाह गर्दै विभागीय नीति निर्देशनलाई अक्षरश पालना गरि नागरिक सेवामा आफूहरु हरप्रहर खटिन कटिवद्ध रहेको बताउनुभयो ।

उक्त दर्ज्यानी चिन्ह शुसोभन कार्यक्रममा गण्डकी प्रदेश प्रहरी तालिम केन्द्रका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक दिवेश लोहनी, संघीय प्रहरी ईकाई कार्यालय पोखराका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नर बहादुर खत्री, गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी वरिष्ठ उपरीक्षक किरण राणा लगायत पोखरा स्थित विभिन्न प्रहरी कार्यालयका प्रमुख तथा अन्य प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो ।

ins prometed 3

ins prometed 2

ins prometed 5