जिल्ला प्रहरी कार्यालय गोरखा र नेपाल प्रहरी स्कुल तनहुँको निरीक्षण तथा अवलोकन सम्पन्न

जेष्ठ ९, 

गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक घनश्याम अर्यालले सरोकारवाला निकायहरु बिचको प्रभावकारी समन्वय तथा साझेदारीबाट मात्रै अहिलेको महामारीबाट पार पाउन सकिने बताउँदै थप रणनीतिक कार्ययोजना सहित खटिनुपर्नेमा जोड दिनु भएको छ ।

जिल्ला प्रहरी कार्यालय गोरखाको निरीक्षण पश्चात कार्यरत प्रहरी कर्मचारीहरुलाई निर्देशन सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो । साथै प्रहरी कर्मचारीहरुको हकमा भने उहाँले सुरक्षामा खटिने प्रहरी कर्मचारी नै कोरोना भाईरसबाट संक्रमित हुन थाले थप जटिलता उत्पन्न हुने भएकाले आफ्नो सुरक्षालाई प्राथमिकतामा राखेर उच्च सतर्कताका साथ सेवा प्रवाह गर्न सबै प्रहरी कर्मचारीहरुमा निर्देशन गर्नु भयो ।

जिल्ला प्रहरी कार्यालय गोरखा प्रमुख प्रहरी उपरीक्षक ओम प्रसाद अधिकारीले प्रहरी नायव महानिरीक्षक अर्याललाई जिल्लाको समग्र वर्तमान अवस्था बारे जानकारी गराउनु भएको थियो ।

जिल्ला प्रहरी कार्यालय गोरखाबाट सम्पादन हुने प्रहरी सेवा प्रवाह लगायत कोरोना भाईरस नियन्त्रणका लागि जिल्ला प्रहरी कार्यलयबाट भए गरेका विभिन्न पहलहरु, जिल्ला प्रहरी कार्यालयको परिषर भित्र निर्माण हुन लागेको प्रहरी भवनको स्थलगत अवलोकन साथै अन्य जनमुखि गतिविधिहरुबारे निरीक्षण तथा अवलोकन गर्नु भएका प्रहरी नायव महानिरीक्षक अर्यालले जिल्लाकै प्रहरी चौकी मजुवा देउरालीको समेत निरीक्षण गर्नु भएको छ ।

निरीक्षणकै क्रममा प्रहरी नायव महानिरीक्षक आर्यालद्धारा नेपाल पुलिस स्कुल बेलचौतारा तनहुँको समेत स्थलगत अवलोन गरिनुका साथै कार्यरत प्रहरी कर्मचारीहरुलाई समसामयिक विषयमा निर्देशन सम्बोधन समेत गर्नुभएको छ ।

उक्त निरीक्षण कार्यक्रममा गण्डकी प्रदेश सशस्त्र प्रहरी गण प्रमुख प्रहरी उपरीक्षक राजेन्द्र विष्ट समेतको उपस्थिती रहेको थियो ।

gorkha 1

gorkha 2

school