प्रदेश प्रहरी प्रमुख अर्यालद्धारा जि.प्र.का. बागलुङ र म्याग्दी निरीक्षण

गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक घनश्याम अर्यालले यही जेष्ठ ०२ गते जिल्ला प्रहरी कार्यालय बाग्लुङ र म्याग्दीको निरीक्षण तथा अवलोकन गर्नु भई कार्यरत प्रहरी कर्मचारीहरुलाई जनमुखी प्रहरी सेवा प्रवाह लगायतका विषयमा निर्देशन सम्बोधन समेत गर्नु भएको छ ।

गण्डकी प्रदेश प्रहरी कार्यालय मातहतका प्रहरी कार्यालयहरुले सम्पादन गर्ने प्रहरी सेवा प्रवाह लगायत अन्य गतिविधिहरुको निरीक्षण तथा अवलोकन गर्दै कार्यरत प्रहरी कर्मचारीहरुसंग छलफल तथा अन्तरक्रिया गरि समयानुसार थप परिष्कृत एवं जनलक्षित सेवा प्रवाहका लागि आवश्यक सल्लाह सुझाव एवं निर्देशन सम्बोधन गर्न प्रहरी नायव महानिरीक्षक अर्यालद्धारा उक्त निरीक्षण गरिएको हो ।

निरीक्षणका क्रममा प्रहरी नायव महानिरीक्षक अर्यालले उक्त जिल्लाहरुबाट सम्पादन भईरहेका विभिन्न क्रियाकलापहरु लगायत कोरोना भाईरस नियन्त्रणका लागि अपनाईएका सावधानी र प्रहरी परिचालन लगायतका विषयमा जानकारी लिनु भयो ।

निरीक्षण पश्चात प्रहरी कर्मचारीहरुलाई निर्देशन सम्बोधन गर्नुहुँदै उहाँले अहिलेको विषम परिस्थितीमा आफू सुरक्षित भई संयमता अपनाई कार्यक्षेत्रमा खटिनुको विकल्प नरहेको बताउँदै संगठनले अंगिकार गरेका नीति तथा निर्देशनहरुलाई अक्षरंश पालना गर्न गराउन निर्देशन गर्नुभयो ।

Baglung 2

baglung

myagdi

myagdi 3