सवारी दुर्घटना

श्रावण १, जिल्ला तनहुँ शुक्लागण्डकी न.पा.५ लण्डन ब्रिज स्थित भित्री सडक खण्डमा ग. ३ प ५८०५ नं.को मो.सा.पछाडि सवार ऐ.ऐ.५ बस्ने वर्ष ४४ को लाल बहादुर अधिकारी खस्न जाँदा घाइते भई गण्डकी मेडिकल कलेज पोखरामा उपचार भईरहेको । मो.सा.चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको ।

श्रावण १, जिल्ला तनहुँ ब्यास न.पा.१२ घाँसीकुवा स्थित पृथ्वी राजमार्गमा ग.९ प ४००४ नं. को मो.सा. ले पैदल यात्री जि.कास्की पो.म.न.पा.२१ बस्ने वर्ष ३९ को मिनाराज जि.सी.लाई ठक्कर दिँदा घाईते भएको । मो.सा.चालक जि.तनहुँ आँबुखैरेनी गा.पा.१ बस्ने वर्ष २७ को राजन मिश्र समेत भई घाईते दुबै जनाको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचार भईरहेको । मो.सा.प्रहरीको नियन्त्रणमा रहेको ।

श्रावण १, जिल्ला कास्की पोखरा म.न.पा.२६ बिजयपुर स्थित ग.५प ४२९७ नं. को मो.सा.आफै अनियन्त्रित भई दुर्घटना हुँदा मो.सा.चालक जि.कास्की पोखरा म.न.पा.२८ कालिकाथान बस्ने वर्ष २७ को अर्जुन जि.सी.र मो.सा.पछाडि सवार ऐ.ऐ.बस्ने वर्ष ३१ को शुशिल सुचिकार घाईते भई पश्चिमाञ्चाल क्षेत्रीय अस्पताल पोखरामा उपचार भईरहेको । मो.सा.प्रहरीको नियन्त्रणमा रहेको ।

श्रावण १, जिल्ला कास्की पोखरा म.न.पा.८ सृजनाचोक स्थित ना. २८ प ४१०० नं.को स्कुटरलाई प्रदेश नं.३-०१-००३ क ६४७७ नं. को ट्रकले ठक्कर दिंदा स्कुटर चालक ऐ.ऐ.१३ बस्ने वर्ष २३ को सुदिप बराल घाईते भई मेट्रोसिटी अस्पताल पोखरामा उपचार भईरहेको । ट्रक चालकलाई नियन्त्रणमा लिई आबश्यक अनुसन्धान भईरहेको ।