कास्की: सवारी दुर्घटना

जेष्ठ २५, जिल्ला कास्की पोखरा म.न.पा.१८ मेथलाङ स्थित ग १ क ३१८७ नं. को KAM मिक्सचर आफै अनियन्त्रित भई दुर्घटना हुँदा मिक्सचर चालक जि.काठमाण्डौ कोटेश्वार घर भई हाल जि.कास्की पोखरा म.न.पा. ५ मालेपाटन बस्ने बर्ष ३५ को राजन ठकुरी घाईते भई फिस्टेल अस्पताल पोखरामा उपचार भईरहेको र सह-चालक जि.कास्की पोखरा म.न.पा. १४ चाउथे बस्ने बर्ष अं. २९ को अनिरोध थापा गम्भिर घाईते भई उपचारको लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा लगिएकोमा डा.ले मृत घोषणा गरेको । सो सम्बन्धमा थप अनुसन्धान भईरहेको ।