नवलपरासी (पूर्व): मो.सा.दुर्घटना हुँदा २ जना घाईते

जेष्ठ २२, जिल्ला नवलपरासी (पूर्व) कावासोती न.पा.१४ थारु डण्डा स्थित भित्री सडकखण्डमा ना. ७ प २१५५ नं.को मो.सा.र बा ४० प ८६९९ नं.को मो.सा. एक-आपसमा ठक्कर खाँदा २१५५ नं.को मो.सा. चालक जि.नवलपरासी (पूर्व) कावासोती न.पा.१४ त्रिभुवनटार बस्ने बर्ष अं.४५ को प्रकाश ठकुरी र ८६९९ को मो.सा.चालक ऐ.ऐ.३ बस्ने बर्ष अं.३५ को समिर बस्नेत घाईते भई पुरानो मेडिकल कलेज भरतपुर चितवनमा उपचार भईरहेको । दुबै मो.सा.प्रहरीको नियन्त्रणमा रहेको ।