लमजुङ: ट्याक्टर दुर्घटना हुँदा १ को मृत्यु, १ जना घाईते

जेष्ठ २१, जिल्ला लमजुङ राईनास न.पा.८ भैसे खोला स्थित ग.१ त ५६९४ नं.को ट्याक्टर आफै अनियन्त्रित भई दुर्घटना हुँदा ट्याक्टरमा सवार जिल्ला लमजुङ राईनास न.पा. ४ सातबिसे बस्ने बर्ष  अं.६० को राम बहादुर कुमालको घटनास्थलमानै मृत्यु भएको र चालक ऐ.ऐ.बस्ने बर्ष  अं.३० को एक बहादुर कुमाल घाईते भई जिल्ला अस्पताल लमजुङमा उपचार भईरहेको । सो सम्बन्धमा थप अनुसन्धान भईरहेको ।