बागलुङ: ट्याक्सी दुर्घटना हुँदा २ को मृत्यु १ जना घाईते

बैशाख २८, जिल्ला बागलुङ ढोरपाटन न.पा.५ प्याङखोला स्थित ध. १ ज ५२८ नं.को ट्याक्सी दुर्घटना हुँदा ट्याक्सीमा सवार जिल्ला बागलुङ ढोरपाटन न.पा.५ प्याङखोला बस्ने वर्ष अं.४० को जोक बहादुर बि.क., ऐ.ऐ. बस्ने जोक बहादुर बि.क.को श्रीमती वर्ष ३८ कि रतीकला बि.क. र ट्याक्सी चालक जि.बागलुङ बडिगाड गा.पा.५ न्वारा बस्ने वर्ष ३६ को गोकर्ण थापा गम्भीर घाईते भई प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिवाङ बागलुङमा उपचार भईरहेकोमा जोक बहादुर बि.क.र ट्याक्सी चालक गोकर्ण थापाको उपचारको क्रममा मृत्यु भएको । ट्याक्सी घटनास्थलमा नै रहेको ।