तनहुँ: करेन्ट लागि १ को मृत्यु

बैशाख २७, जिल्ला तनहुँ आबुँखैरेनी गा.पा.२ मार्किचोक स्थित तारा बहादुर गुरुङको घरमा काम गरी बस्ने ऐ.ऐ. ६ घर भएको बर्ष ४५ को भिम ब.गुरुङ गिदरीको रुखमा चढी हागा काट्ने क्रममा सोही रुखको हाँगा बिजुलीको तारमा छुन जाँदा करेन्ट लागि गम्भीर घाईते भई हाडजोर्नी अस्पताल आबुँखैरेनीमा उपचार भईरहेकोमा उपचारको क्रममा मृत्यु भएको ।  सो सम्बन्धमा थप अनुसन्धान भईरहेको ।