तनहुँ: ट्याक्टर दुर्घटना हुँदा १ को मृत्यु, २ जना घाईते

बैशाख २३, जिल्ला तनहुँ ऋषिङ गा.पा.४ मधुबन स्थित भित्री सडक खण्डमा ना.६त ४२०७ नं.को ट्याक्टर आफै अनियन्त्रित भई दुर्घटना हुँदा ट्याक्टरमा सवार जिल्ला तनहुँ ऋषिङ गा.पा.४ बस्ने वर्ष १२ को तिलक श्रेष्ठ, ऐ.ऐ. बस्ने वर्ष १८ को सुन्दर श्रेष्ठ र ऐ.ऐ. बस्ने वर्ष २५ को बिर बहादुर बोटे घाईते भई जि.पि.कोईराला श्वास प्रश्वास उपचार केन्द्र बेलचौतरामा उपचार भईरहेकोमा बिर बहादुर बोटेको उपचारको क्रममा मृत्यु भएको । ट्याक्टर चालकलाई नियन्त्रणमा लिई आबश्यक अनुसन्धान भईरहेको ।