पर्वत: टिप्पर दुर्घटना हुँदा २ जना घाईते

बैशाख १९, जिल्ला पर्वत फलेवास न.पा. १० पिपलडाँडा स्थित भित्री कच्ची सडक खण्डमा ना.२ क २२ नं. को टिप्पर अचानक दुर्घटना हुँदा  टिप्पर चालक जिल्ला मकवानपुर हेटौडा उ.म.न.पा. बस्ने बर्ष ३४ को भिम तिवारी र सह-चालक जिल्ला धादिङ थाक्रे गा.पा.११ बस्ने बर्ष ३० को सुमन सुवेदी घाईते भई मणिपाल शिक्षण अस्पताल पोखरामा उपचार भईरहेको । टिप्पर घटनास्थलमा नै रहेको ।