स्याङ्जा: सवारी दुर्घटना

बैशाख १८, जिल्ला स्याङ्जा वालिङ न.पा.४ एलादी स्थित भित्री कच्चि सडक खण्डमा वालिङबाट मनकामना तर्फ जादै गरेको ग१ज ६५१८ नं.को जिप अनियन्त्रित भई सडकबाट अन्दाजी २ मिटर तल खस्न जाँदा जिपमा सवार चालक सहित ३ जना मध्ये निम्न २ जना घाईते भई उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा ल्याएको, चालक प्रहरीको नियन्त्रणमा रहेको ।

घाईतेहरू:-
१.जिल्ला स्याङ्जा वालिङ न.पा.४ एलादी बस्ने वर्ष ३४ को रोशन गुरुङ, अवस्था सामान्य ।
२.जिल्ला स्याङ्जा विरुवा गा.पा.७ बस्ने वर्ष ३४ की कौशिला गुरुङ, अवस्था मध्यम ।