नवलपरासी(पूर्व) : सवारी दुर्घटना

बैशाख १८, जिल्ला नवलपरासी(पूर्व) विनयी त्रिवेणी गा.पा.४ होङसिको गेट भित्र लोडिङ पोईन्टमा(पूर्वबाट-पश्चिम) किलिङकर लोड गर्न जाँदै गरेको ना८ख २५०० नं.को ट्रकले ऐ.स्थित ठेगाना नखुलेको अन्दाजी वर्ष ३४ को ऐ.स्थित सेक्युरिटी गार्डमा काम गर्ने राम बाबु सहनीलाई ठक्कर दिँदा गम्भिर घाईते भई उपचारको लागि मध्यबिन्दु जिल्ला अस्पताल डण्डामा ल्याईएकोमा डाक्टरले मृत घोषणा गरेको, शव ऐ.अस्पतालमा रहेको, ठक्कर दिने ट्रक र चालक प्रहरीको नियन्त्रणमा रहेको ।