तनहुँ: स्कुटी दुर्घटना हुँदा २ को मृत्यु १ जना घाईते

बैशाख १५, जिल्ला तनहुँ ऋषिङ गा.पा.१ धारापानी स्थित ग. १८ प ३७७ नं.को स्कुटी आफै अनियन्त्रीत भई दुर्घटना हुँदा स्कुटी चालक जिल्ला तनहुँ ऋषिङ गा.पा.४ थप्रे बस्ने बर्ष ३५ को सन्देश गजमेर र  स्कुटी पछाडि सवार ऐ.ऐ.बस्ने बर्ष २६ कि पबित्रा रानाभाट गम्भीर घाईते भई उपचारको लागि जिल्ला अस्पताल दमौली लगिएकोमा डा.ले दुबै जनालाई मृत घोषण गरेको । साथै ऐ. ऐ.बस्ने बर्ष २ कि दिब्या रानाभाट सामान्य घाईते भएकोमा सामान्य उपचार पश्चात निजको आफन्तलाई जिम्मा लगाईएको ।