कास्की: मो.सा.दुर्घटना हुँदा १ जना घाईते

चैत्र २०, जिल्ला कास्की पोखरा म.न.पा.६ बुलौदी स्थित ग. १६ प ८९९५ नं.को बुलेट मो.सा. आफै अनियन्त्रित भई दुर्घटना हुँदा मो.सा.पछाडी सवार जिल्ला म्याग्दी अन्नपुर्ण गा.पा.४ घर भई हाल जिल्ला कास्की पोखरा म.न.पा.११ फुलबारी बस्ने वर्ष २१ कि मञ्जना पुन घाइते भई फिष्टेल अस्पताल पोखरामा उपचार भईरहेको । मो.सा.चालकलाई नियन्त्रणमा लिई आबश्यक अनुसन्धान भईरहेको ।