नवलपरासी पूर्व: सवारी दुर्घटना

चैत्र १८, जिल्ला नवलपरासी(पूर्व) देवचुली नगरपालिका-१७ गौरीशंकर पेट्रोलपम स्थित पूर्व पश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ आउदै गरेको लु ५७ प ४६७१ नं.को स्कुटी र विपरित दिशाबाट जादै गरेको बा ८७ प ७८२३ नं.को मोटरसाईकल एक आपसमा ठक्कर खादा स्कुटर चालक जिल्ला कपिलवस्तु वुद्वभुमी नगरपालिका-९ बस्ने वर्ष २७ की गंगा भुषाल घाइते भई एलाईभ अस्पताल भरतपुरमा उपचार भईरहेको, अवस्था मध्यम, घटनास्थलमा प्रहरी टोलि खटि गई घटनाको विषयमा थप अनुसन्धान भईरहेको ।