कास्की: लागूऔषध सहित मानिस पक्राउ

चैत्र १५, जिल्ला कास्की पोखरा म.न.पा. १७ छोरेपाटन स्थित प्र.चौ.छोरेपाटनको अगाडी सोही चौकीबाट खटिएको प्रहरीको चेकिङ टोलीले भैरहवाबाट पोखरातर्फ आउँदै गरेको लु १ ख ८५५३ नं.को बसलाई चेकजाँच गर्ने क्रममा उक्त बसको पछाडीको सिटमा सवार जिल्ला तनहुँ फिरफिरे घर भई हाल जिल्ला कास्की पोखरा म.न.पा.११ फुलबारी बस्ने वर्ष २७ को युवराज गुरुङलाई शंका लागि चेकजाँच गर्ने क्रममा निजले पछाडी बोकेको कालो रङको झोला भित्र प्लाष्टिकमा निम्न परिमाणमा अबैध लागूऔषध फेला पारी निजलाई नियन्त्रणमा लिई  आवश्यक अनुसन्धान कार्य भईरहेको ।

निम्नः-
१.नुरफिन थान-७२,
२.फेनरागन थान-७२,
३.डाईजपाम थान-७२ गरी जम्मा २१६ थान ।