नवलपरासी (पूर्व): लागूऔषध सहित मानिस पक्राउ

चैत्र १४, जिल्ला नवलपरासी (पूर्व) कावासोती न.पा.१६ चालिस किलो जंगल स्थित पूर्व-पश्चिम राजमार्गमा प्रहरीको RSCC चेकिङ टोलीले पश्चिमबाट पूर्वतर्फ आउदैँ गरेको लु१ख ९२१६ नं.को यात्रुवहाक बसलाई रोकी चेकजाँच गर्ने क्रममा उक्त बसमा सवार जिल्ला कास्की पोखरा म.न.पा.२७ बस्ने वर्ष अं.२३ को सरोज बरालको साथबाट नुफिन २५ एम्पुल, फेनरागन २५ एम्पुल र डाईजोपाम २५ एम्पुल गरी जम्मा ७५ एम्पुल ला.औ.सहित निजलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको ।