तनहुँ: सवारी दुर्घटना

मंसिर ६, जिल्ला तनहुँ भानु न.पा.५ पञ्चनगर स्थित डुम्रे चन्द्रावती भित्री सडक खण्डमा बा.७० प ६९०१ नं.को मो.सा.ले पैदलयात्री ऐ.ऐ. बाङ्गेरुवा बस्ने वर्ष ८ को आईज्याक सिमखडालाई ठक्कर दिंदा  गम्भिर घाईते भई पुरानो मेडिकल कलेज भतरपुर चितवनमा उपचार भईरहेकोमा उपचारको क्रममा मृत्यु भएको । मो.सा.चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको ।

मंसिर ६, जिल्ला तनहुँ बन्दिपुर गा.पा.१ चिसापानी स्थित पृथ्वीराजमार्ग ग.४ प ६२३३ नं.को मो.सा.र ना.७ ख २९३८ नं.को टेलर एकआपसमा ठक्कर खाँदा मो.सा.चालक जिल्ला पर्सा बिरगंज बस्ने वर्ष २० को हरिनारायण साह तेनी घाईते भई सामुदायिक अस्पताल पोखरामा उपचार भईरहेको । टेलर चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको ।

मंसिर ६, जिल्ला तनहुँ बन्दिपुर गा.पा.४ ठुलोढुङगा स्थित पृथ्वी राजमार्गमा ग.१५ प ३१७ नं.को मो.सा.आफै अनियन्त्रित भई दुर्घटना हुँदा मो.सा.चालक जिल्ला पर्बत कुश्मा न.पा.२ खुर्कोट बस्ने बर्ष ३० को लक्ष्मण पौडेल घाईते भई लक्ष्मी अस्पताल डुम्रेमा उपचार भईरहेको । मो.सा.प्रहरीको नियन्त्रणमा रहेको ।