तनहुँ: स्कुटर र मो.सा.ठक्कर खाँदा १ जना घाईते

मंसिर ५, जिल्ला तनहुँ व्यास न.पा.३ सफा सडक स्थित भित्री सडक खण्डमा बा. ३४ प ८४७ नं.को मो.सा. र ग. १२ प २३३८ नं.को स्कुटर एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा स्कुटर पछाडी सवार जिल्ला तनहुँ व्यास न.पा.३ बिसघरे बस्ने वर्ष ६७ को दुर्गा बहादुर परियार घाईते भई रत्नहरी अस्पताल दमौलीमा उपचार भईरहेको । दुवै सवारी साधन र चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको ।