कास्की: मो.सा.दुर्घटना हुँदा चालक घाईते

भाद्र ३०, जिल्ला कास्की पोखरा म.न.पा.२६ कालिका चोक स्थित भित्री सडक खण्डमा ग ८ प ६२५९ नं को मो.सा. आफै अनियन्त्रित भई दुर्घटना हुंदा मो.सा.चालक जिल्ला उदयपुर मैनखु ३ घर भएको बर्ष २५ को राजु कुमार तामाङ घाईते भई पश्चिम क्षेत्रीय अस्पताल पोखरामा उपचार भईरहेको । मो.सा.प्रहरीको नियन्त्रणमा रहेको ।