तनहुँ : सवारी दुर्घटना

भाद्र २७, जिल्ला तनहुँ म्याग्दे गाउँपालिका-१ माथिल्लो गुणादी स्थित पृथ्बी राजमार्गमा थर्पुबाट दमौली तर्फ जादै गरेको ग.१२ प २७३ न.को मोटरसाईकल आफै अनियन्त्रीत भई सडकको बाँया पट्टि नालामा खस्न गई दुर्घटना हुदाँ मोटरसाईकल चालक ऐ. २ बस्ने वर्ष २३ को सन्दिप बिश्वकर्मा को मुख र दाहिने हातमा चोट लागी घाईते भई उपचारको लागी रत्नहरि अस्पताल दमौली तर्फ पठाएको अवस्था मध्यम घटना स्थलमा तत्कालै प्रहरी टोली पुगि मोटरसाईल  नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको ।