नवलपरासी (पूर्व): सवारी दुर्घटनामा ४ जना घाईते

भाद्र २५, जिल्ला नवलपरासी (पूर्व) गैडाकोट नगरपालिका-११ हर्कपुरचोक स्थित पुर्व पश्चिमराजमार्गमा पुर्वबाट पश्चिम तर्फ आउदै गरेको ना२ह ५१३० नं.को अटोलाई ऐ.दिशाबाट आउदै गरेको बा१०च ४७१० नं.को कारले ओभरट्याक गर्ने क्रममा ठक्कर दिई दुर्घटना हुँदा अटोमा सवार निम्न स्थान बस्ने निम्न मानिसहरु घाईते भई उपचारको लागि नयाँ मेडिकल कलेज चितवन भरतपुर पठाईएको, दुबै सवारी साधन र दुबै चालक प्रहरीको नियन्त्रणमा रहेको ।

निम्न:-

१.जि.न.प.(पुर्व) गैडाकोट न.पा.१२ बस्ने बर्ष २१की कोपिला आले निधार र शरिरमा भित्री चोट अवस्था गम्भिर ।     

२.ऐ.बस्ने बर्ष २२ की पुन आले दुबै खुट्टामा चोट सामान्य ।

३.ऐ.बस्ने बर्ष ७ की स्मारीका आले सामान्य

४ ऐ.बस्ने बर्ष २ को रिजन आले सामान्य