कास्की : पहिरोले मोटर साईकल पुरेको

भाद्र २३, गते अन्दाजी ०१:०० बजे परेको अबिरल वर्षाको कारण पोखरा महानगरपालिका-३१ कडेल स्वारा स्थित ऐ.बस्ने निम्न मानिसको पार्किङ गरेर राखेको निम्न सवारी साधनहरु माथिबाट पहिरो आई पुरि क्षती भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी टोलि खटिई गई उद्दार गरेको, मानविय क्षति नभएको ।

निम्नः

१.जिल्ला कास्की पोखरा महानगरपालिका-३१ कडेल स्वारा बस्ने बर्ष २९ को सुनिल बि.क.को ग६प ६२९१ नंबरको पल्सर मोटरसाईकल,

२. ऐ.ऐ. बस्ने वर्ष २८ को निर्मल सुनारको ग५प ९९१२ नंबरको डिओ स्कुटर,

३.ऐ.ऐ. बस्ने वर्ष २८ को समन सुनारको ग ७ प ७३२९ को एभेन्जर मोटरसाईकल ।

घटनाको बिषयमा थप अनुसन्धान भईरहेको ।